जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ


काठमाडौँ महानगरपालिका-९ जयन्तीमार्ग बस्ने दिपक श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५२ वर्षीय राम नेपाल दाससहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार ५५ रूपयाँसहित फेला पारी पक्राउ गरको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे  छ। 

Logo