#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32245687984166747790323783618
नेपाल693014531843750411

प्रचण्डद्वारा नेताहरूलाई अन्य पार्टीमा निरीह भएर बस्नुुभन्दा नेकपामा मिल्न आउन आग्रह

फाइल फोटो

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई पार्टीमा निरीह भएर बस्नुुभन्दा नेकपामा मिल्न आउन आग्रह गरेका छन् ।

बुधबार आफ्नै निवास खुमलटारमा समाजवादी पार्टीका केही कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराउने क्रममा अध्यक्ष दाहालले अप्ठेरो स्थितिमा निरीह भएर बस्नुभन्दा नेकपमा मिल्न आउन आग्रह गरेका हुन् । उनले समाजवादीका अर्का अध्यक्ष उपेन्द्र यादवलाई समेत धेरै झमेला गर्नुभन्दा आफूूहरूसँगै मिल्न आउन आग्रह गरे । उनले भने, ‘रामचन्द्रजीले भनेको जस्तै त्यहाँ रहेका साथीहरू आशोक राई, बाबुराम भट्टराई त्यहाँ निरीह भएर बस्नुुपरेको अवस्था छ, अप्ठ्यारो स्थितिमा हुनुहुन्छ भनेर उहाँले भन्नुभयो यदि उहाँले भनेको सत्य नै होला मलाई सबै थाहा त छैन ती साथीहरू र उपेन्द्र जी पनि अब धेरै झमेला गर्नुभन्दा यही मिल्नै आए बरु राम्रो हुन्छ भनेर उहाँहरूलाई पनि त्यो भन्न चाहन्छु ।’ अध्यक्ष प्रचण्डले देशलाई सबै मिलेर स्थिरता र समृद्धि दिनुपर्ने र जनतालाई विकासको नयाँ युगतिर लैजान अब अलग अलग चुलोचौका लगाएर नहुने बताए ।

कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपालले देशको स्वतन्त्रता जोगाउन, राष्ट्रिय स्वाभिमानको रक्षा गर्न, सामाजिक आर्थिक र सांस्कृतिक रुपान्तरणको निम्ति समाजवादको दिशामा मुलुकलाई लैजान नेकपाले मात्रै सक्ने बताउँदै पार्टी प्रवेश गर्नेहरूलाई स्वागत गरे । उनले अन्य पार्टीहरू नामका निम्ति मात्र खडा गरिएका पार्टी भएको बताए ।

अध्यक्ष प्रचण्डले विगत केही महिना यता विभिन्न पार्टीबाट नेकपामा प्रवेश गर्ने कार्यकर्ताहरूलाई धुम्बाराही र पेरिसडाँडामा पार्टी कार्यालय रहे पनि आफ्नै निवासमा कार्यक्रम गरी पार्टी प्रवेश गराउँदै आएका छन् ।

सम्बन्धित समाचारहरु