सांसद श्रेष्ठले हात जोड्दै भनिन्- ‘राजनीतिक लडाइँमा विद्यार्थीलाई प्रयोग नगरौं’

सांसद श्रेष्ठले हात जोड्दै भनिन्- ‘राजनीतिक लडाइँमा विद्यार्थीलाई प्रयोग नगरौं’


राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले राजनीतिको लडाइँमा विद्यार्थीहरूलाई विवश नबनाउन सरकारसँग हात जोडेर आग्रह गरेकी छन् । 

बुधबारको प्रतिनिधि सभाको बैठकमा राजनीतिक लडाइँमा पढ्न चाहने विद्यार्थीहरूलाई विवश नबनाउन सांसद श्रेष्ठले हात जोडेर सरकारसँग आग्रह गरेकी हुन् । 

‘राजनीतिक दलहरूका भ्रातृ संगठनरूपी शिक्षक र विद्यार्थीहरूको साँढे जुधाईमा वास्तवमा पढ्न मात्रै चाहने विद्यार्थीहरू बाछाको मिचाइमा परिरहेका छन्। राजनीतिको लडाइँमा पढ्न चाहने विद्यार्थीहरूलाई विवश नबनाऔं ।’ उनले हात जोडेर भनिन्, ‘प्लिज विवशन बनाऔं। उहाँहरूलाई होस्टेज नराखौं। त्यसैले म माग पनि गर्न चाहन्छु।’

भ्रातृ संगठनहरू जरूरी नभएको भन्दै सांसद श्रेष्ठले विद्यार्थीहरूलाई राजनीतिमा नतान्न अनुरोधसमेत गरिन् ।

Logo