सरकारले खेलकुद क्षेत्रलाई वेवास्ता गरेको सांसद ढकालको गुनासो

सरकारले खेलकुद क्षेत्रलाई वेवास्ता गरेको सांसद ढकालको गुनासो


प्रतिनिधि सभाका सांसद ढकालले सरकारले खेलकुद क्षेत्रलाई वेवास्ता गरेको गुनासो गरेका छन् । 

बुधबार प्रतिनिधि सभा बैठकमा सांसद ढकालले सरकारले खेलकुद क्षेत्रमा कम बजेट छुट्याएर वेवास्ता गरेको टिप्पणी गरेका हुन् । उनले भने, ‘सरकारले आगामी आर्थिक बर्षको लागि कुल बजेटको ० दशमलव १६ प्रतिशत बजेट छुट्याएको छ । यो आफैमा लज्जाको विषय हो । सरकारको बजेट हेर्दा यसलाई बेवास्ता गरिएको देखिन्छ । सरकारले खेलकुदका पुर्वाधारसंगै खेलाडि उत्पादनको लागि पनि बजेट छुट्याउनु पर्छ । खेलकुदमा लागेकालाई  खेलकुदबाट कमाएर खान पुग्ने वातावरण बनाउनु पर्छ ।’

त्यस्तै उनले खेलकुदमा बजेट विभेदपुर्ण ढङगले विभाजन गरेको टिप्पणी गरे । जिल्ला स्तरीय खेलमा विजयी हुने खेलाडीहरुलाई राज्यले आफ्नो तर्फबाट तलब दिन पर्ने उनको माग छ । 

उनले भने, ‘बजेट विनियोजन गर्दा पनि विवभेदपूर्ण ढङगले गरिएको छ । नेपाली ओलम्पिक कमिटी, नेपाल क्रिकेट संघ, एन्फा आफैमा समृद्ध सस्था हो । यीनीहरुमा धेरै बजेट छुट्याईएको छ । स्थापीत गर्नु पर्ने भलिबल, र्मासल आर्ट, बक्सिङमा बजेट कम छृट्याईएको छ । खेलमा मेडल ल्याउनेलाई राज्यको तर्फबाट तलब दिने व्यवस्था गर्नुपर्छ । जिल्ला स्तरीय खेलमा विजय हासिल गरेका खेलाडीहरुलाई विद्यालय तथा कलेजबाट प्राप्त गरेको परिचयपत्रको आधारमा स्वास्थ्य यातायात विद्युत कर र अन्य कुराहरुमा छुट दिने व्यवस्था गरियो भने खेल क्षेत्रका खेलाडीको मनोबल उच्च राख्न सकिन्छ ।’

Logo