सत्यसँग नडराऔं, शक्तिसँग नलुकौंः अध्यक्ष ओली

सत्यसँग नडराऔं, शक्तिसँग नलुकौंः अध्यक्ष ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असत्यविरुद्ध अडिग भएर लड्नु पर्ने बताएका छन् । 

बुधबार काठमाडौंमा नवौं अन्तराष्ट्रिय योग दिवसको अवसरमा पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सत्यसंग नडराउन र शक्तिसंग नझुक्न सुझाव दिएका हुन् । 

उनले भने, ‘सत्यसंग नडराऔं । शक्तिसंग नलुकौं । शक्ति क्षणीक र अस्थायी हुन्छ । यदि शक्ति सत्यसम्बद छ भने मात्र मान्ने हो हैन भने सत्य सम्बद्ध  छैन भने सत्यमा आधारित छैन भने असत्यमा आधारित भएको सत्यलाई अस्विकार गर्नुपर्छ । नत्र भने यो हाम्रो कायरता हुनेछ ।’

आफू सही भयो भने संसार राम्रो बन्ने भन्दै अध्यक्ष ओलीले पैसाको बलमा स्थापित सत्य कहिल्यै दिगो नहुने बताए । 

Logo