हिन्दी फिल्म चल्न नदिने मेयर बालेनको निर्णयविरूद्ध अदालतमा मुद्दा दायर

हिन्दी फिल्म चल्न नदिने मेयर बालेनको निर्णयविरूद्ध अदालतमा मुद्दा दायर


काठमाडौं महानगरपालिकाभित्र हिन्दी फिल्म सञ्चालन गर्न नदिने मेयर बालेन शाहको निर्णयविरूद्ध उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ । 

बुधबार हलवालाहरूको छाता संगठन चलचित्र संघले महानगरमा आदिपुरूषलगायत हिन्दी फिल्महरू प्रतिबन्ध लगाउने निर्णयपछि उच्च अदालत पाटनमा मुद्दा दायर गरेका हुन्। अदालतका रजिष्ट्रार ठगिन्द्र कट्टेलका अनुसार मेयर बालेन शाह, नगर प्रहरी, गृह मन्त्रालय र सञ्चार, सुचना तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर निषेधाज्ञाको मुद्दा दायर भएको छ । 

हिन्दी फिल्म 'आदिपुरूष'मा 'जानकी भारतकी छोरी हुन्' भन्ने संवाद प्रयोग गरिएको भन्दै मेयर बालेनले सोमबारदेखि काठमाडौं महानगरका हलमा सबै हिन्दी फिल्मको प्रदर्शनमा रोक लगाएका छन्। तर, महानगरले आपत्ति जनाएकाे शब्द नै फिल्ममा नभएकाे भन्दै सिनेमा हलवालाहरू अदालत पुगेका हुन्।

Logo