मिटरव्याजलाई नियमन गर्न बनेको अध्यादेश खारेज गर्न साहु महाजनहरुको माग

मिटरव्याजलाई नियमन गर्न बनेको अध्यादेश खारेज गर्न साहु महाजनहरुको माग


पीडित लेनदेन संघर्ष समितिले सरकारले मिटर व्याजलाई नियमन गर्न ल्याएको अध्यादेशप्रति आपत्ति जनाएको छ । 

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै साहु महाजन धनेश्वर यादवले सरकारले ल्याएको अध्यादेशले प्रत्येक गाउँ–गाउँमा सद्भावविगारेको दाबी गरे । सरकारले गतवैशाख २० गते ल्याएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश’खारेज भागी रहेको उनको दाबी छ ।

उनले भने, ‘यो अध्यादेशले प्रत्येक गाउँ–गाउँमा टोल–टोलमा र पालिका–पालिकामा सद्भाव बिगारेको छ । यो अध्यादेशले कुनै काम गरेको छैन । समाजमा खैलाबैला पारेको छ । यसलाई खारेज गर्नुपर्छ ।’

कपाली तमसुकका बारेमाअध्यादेशमा गरिएको व्यवस्था गलत रहेको र कपाली तमसुकको १० वर्ष म्याद हुनेमा वडा कार्यालयमा गएर प्रमाणित गराउनुको औचित्य नरहेको उनीहरुको तर्क छ । 

कानूनी राज्यमा पनि सिडिओ र प्रहरीले अदालतले दिएकाे फैसलाको अवज्ञा गर्दै आफ्नो मन अनुकूल फैसला गरेर आफूलाई दुःख दिएको अर्का साहु महाजन विजयकुमार यादवले बताए ।

Logo