सरकारी कार्यालयको अवस्था र कर्मचारीको कार्यशैलीप्रति सांसदहरुकै गुनासो

सरकारी कार्यालयको अवस्था र कर्मचारीको कार्यशैलीप्रति सांसदहरुकै गुनासो


नेपाली कांग्रेसका सांसद उदय समशेर राणाले पासपोर्टको प्रकृया र काम गर्नमा निकै नै दुख पाउनु परेको बताएका छन् । 

बुधबार अन्तराष्ट्रिय सम्वनय समितीको बैठकमा उनले कार्यालयहरुमा प्रयोग हुने सामग्री नै राम्रो नभएको बताएका हुन् । ‘पासपोर्ट भर्न जाँदा दुई चोटि जान प-यो । कहिले क्यामेरा विग्रने कहिले  प्रीन्टर विग्रने यो समस्या अलि बढि देखिएको छ । प्रन्टर सस्तो किसिमको छ । सामानको अलि क्वालीटीको ल्याउनु पर्छ ।’ उनले भने । 

त्यसैगरी उक्त बेठकमा सहभागि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद  शिशिर खनालले सरकारले विश्वासको वातावरण बनाउन आवश्यक भएको बताए । ‘हाम्रो प्रविधिहरु छरिएर बसेका छन् । राष्ट्रिय परिचय पत्रको नवनी पासपोर्ड बनाउन मिल्दैन । हाम्रो सरकारि क्षेत्रको कार्यशैलीमा कुनै पनि परिवर्तन नभएको र झन झन्झटिलो भएको छ ।’ उनले भने । 

Skip This
Logo