हिमालयन बैंकका ६ जना संस्थापकले एकै पटक पौने २२ लाख कित्ता सेयर बिक्री गर्दै

हिमालयन बैंकका ६ जना संस्थापकले एकै पटक पौने २२ लाख कित्ता सेयर बिक्री गर्दै


हिमालयन बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ। बैंकले आफ्ना ६ जना संस्थापक सेयरधनीको नाममा रहेको २१ लाख ८६ हजार बढी कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो।

बैंकका संस्थापक संस्थापक राम प्रकाश श्रेष्ठको नाममा रहेको १३ हजार १५३ कित्ता, निता गुरुङको नाममा रहेको ९ हजार ३५९ कित्ता र प्रकाश तायलको नाममा रहेको ३ लाख ३३ जार ३४८ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो।

यस्तै गिरेन्द्र मान सिंश श्रेष्ठको नाममा रहेको ९९ हजार ५९९ कित्ता, धर्म भक्ता बल्लको १ लाख ४१ हजार ११६ कित्ता, यस्वस्विका इन्टरनेशनल प्रालिको नाममा रहेको १५ लाख ९० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो।

उक्त सेयर खरिदका लागि बैंकका हाल कायम रहेका संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन्। आवेदन आजैका मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलादीको कानून तथा सेयर विभागमा निवेदन दिनुपर्नेछ ।

Logo