नेतृत्व विकास गर्न रास्वपा प्रवेश गरेँः अनिलकेशरी शाह

नेतृत्व विकास गर्न रास्वपा प्रवेश गरेँः अनिलकेशरी शाह


पूर्व बैंकर अनिलकेशरी शाहले आफूसँग रहेको नेतृत्वको विकासको सिपलाई उपयोग गर्न राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको बताएका छन्। 

रास्वपामा प्रवेश गरेपछि पत्रकारहरुसँग कुरा गर्दै शाहले देशमा नेतृत्वको अभाव भएकाले त्यो पूर्ति गर्न आफूले रास्वपामा भूमिका निर्वाह गर्ने बताएका हुन्। उनले भने, ‘बैंकिङ करिअर छाडेपछि मैले नेतृत्व विकासको तालिम दिइरहेको थिएँ। मेरो मुख्य जोड नेतृत्व विकासमा हो। आज देशमा केही चिजको अभाव छ भने नेतृत्वको अभाव छ। हरेक क्षेत्रमा नेतृत्वको विकास कसरी गर्ने भनेर राष्ट्रिय स्वतन्त्र पार्टीसँग धेरै बहस भयो। उहाँहरुको सोच र मेरो सोच एकदमै मिलेको पाए।’

‘उहाँहरु(रास्वपा)को सोच पनि कुनै एउटा वर्ग, कुनै एउटा समुदायलाई मात्र नभइ सबै नेपालीलाई नेतृत्वको मौका दिनुपर्छ भन्ने छ। नेतृत्व दिएर चुनावबाट आइसकेपछि गर्ने के त? सबै जनाले ३१ वर्ष बैंक चलाएर आएको त हुँदैन। राष्ट्रिय स्वतन्त्र पार्टीको पनि भित्रैदेखि नेतृत्व विकास गर्नुपर्छ भन्ने चाहना थियो। रास्वपाका सदस्यको नेतृत्व विकास गर्न यहाँ प्रवेश गरेको हुँ।’ शाहले भने।

Logo