‘रियल स्टेटमा लगानी गर्नेलाई सहुलियत कर्जा दिन सकिंदैन’–गोविन्दप्रसाद ढकाल (भिडियोसहित)

‘रियल स्टेटमा लगानी गर्नेलाई सहुलियत कर्जा दिन सकिंदैन’–गोविन्दप्रसाद ढकाल (भिडियोसहित)


काठमाडौं ।

विकास बैंकर्स संघका अध्यक्ष गोविन्दप्रसाद ढकालले सहुलियत कर्जा लिएर रियल स्टेटमा लगानी गर्नेलाई कर्जा नदिने बताएका छन् ।

सहुलियत कर्जा लिएर त्यसको दुरुपयोग गरेको पाइएको भन्दै त्यस्तो कर्जाको दुरुपयोग गर्न नदिने बताएका हुन् । सहुलियत कर्जाका लागि नेता तथा शक्तिशाली व्यक्तिहरुको फोन आउने गरेको भन्दै फोनकै भरमा कर्जा उपलब्ध नगराउने अध्यक्ष ढकालले बताए । ‘मलाई अहिले पनि सहुलियत कर्जा चाहियो भन्दै फोन आउँछ ।’ अध्यक्ष ढकालले भने ।

ढकाल गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) समेत हुन् । कोरोनाका कारण अहिले कयौँ युवा बेरोजगार भएको भन्दै सहुलियत दरको कर्जाले युवालाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई थियो । हामीले यसै विषयमा केन्द्रीत रहेर उनीसँग कुराकानी गरेका छौं । हेरौं यो भिडियोमा :

 

Logo