देशभर फास्ट ट्रयाकमा विद्युतका पोल सार्ने काम भइरहेको छः निर्देशक घिसिङ

देशभर फास्ट ट्रयाकमा विद्युतका पोल सार्ने काम भइरहेको छः निर्देशक घिसिङ


नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले देशभर फास्ट ट्रयाकमा विद्युतका पोलहरु सार्ने काम भइरहेको बताएका छन् । 

बिहीवार प्रतिनिधि अन्तरगतको पूर्वाधार विकास समिति बैठकमा निर्देशक घिसिङले सडक विभागकै ठेक्कामा पोल सार्ने कार्यविधि बनाएर फास्ट ट्रयाकमा भईरहेको बताएका हुन् । 

उनले भने, ‘देशभरीमा स्थानीय तहका प्रदेशका १०० प्रतिशत विद्युतका पोलहरु सार्नुपर्ने छन् । लाखै पोल छन् अहिले सबैठाउँमा एउटा व्यक्तिको जग्गामा छ । त्यो पोल सार्नलाई ठूलो बजेट चाहिन्छ । विद्युतिकरणलाई मात्र ५० औं  अरब रुपैयाँ खर्च गरिएको छ । सडक विभागकै ठेक्कामा पोल सार्ने कामहरु पनि कार्यविधि बनाएर फास्ट ट्रयाकमा भईरहेको छ ।’
 

Skip This
Logo