जङ्गबहादुरले बेलायत जाँदा लगाएको लुगा अहिले राष्ट्रिय पोसाक छः संस्कृतविद् गुरुङ

जङ्गबहादुरले बेलायत जाँदा लगाएको लुगा अहिले राष्ट्रिय पोसाक छः संस्कृतविद् गुरुङ


नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व उपकुलपति तथा संस्कृतविद् डा. जगमान गुरुङले जङगबहादुरले बेलायत जाँदा लगाएको लुगा नै अहिले राष्ट्रिय पोषाक रहेको बताएका छन् । 

बिहीवार काठमाडौंमा आयोजित जङ्गबहादुर राणाको २०७औँ जन्मजयन्तीका सन्र्दभमा आयोजित कार्यक्रममा संस्कृतविद् गुरुङले जङ्गबहादुरले लगाएको पोषाक अहिले राष्ट्रिय पोषाक बनेता पनि यसको कसैले ख्याल नगरेको दाबी गरे ।

उनले भने, ‘जङगबहादुर बेलायत जाँदा खेरि नयनसुदको सेतो दाउरा सुरुवाल लगाएर गएको पोषाक अहिले राष्ट्रिय पोसाक छ । यो कुरा अहिलेसम्म कसैले मुल्याङ्कन गरेको छैन । यो कुरा कँहीकतै लेखिएको छैन यो श्रुति परम्पराबाट आएको कुरा हो। ’

उनले जङ्गबहादुर आफ्नो स्वार्थको लागि होईन देश र जनातको लागि सत्तामा बसेको दाबी गर्दै जङ्गबहादुरको चरित्रबाट जीवन सुधार गर्ने हो भने राष्ट्र कसैको सामु झुक्न नपर्ने उनको तर्क छ । 

‘कुनै व्यक्तिले सत्ता आफ्नो हातमा लिदा आफ्नो लागि होकि, व्यक्तिको लागि वा राष्ट्रको लागि हो भन्ने कुरा महत्वपूर्ण हुन्छ । जङगबहादुरले सत्ता आफ्नो हातमा लिए तर त्यो सत्ता आफ्नो, अन्य व्यक्तिको लागि नभई राष्ट्रको लागि लिएका हुन् । यो मेरो दाबी छ ।’ उनले भने, ‘जङगबहादुरको चरित्रबाट हामीले केही कुरा आफ्नो जिवनमा सर्कान सक्यौं भने यो राष्ट्र बलियो हुन्छ । यो राष्ट्र कसैको सामु झुक्न पर्दैन हामी टिक्न सक्छौं ।’

Logo