राजनीतिले मानिसहरुलाई विभाजित गरेपनि संगीतले एकिकृत गर्छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले राजनीतिका कारण मानिसहरु विभाजित भएपनि संगीतले मानिसहरुलाई एक ठाउँमा ल्याउने बताएका छन् ।

तारादेवीको चौधौं पुण्यस्मृतिका अवसरमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले यस्तो बताएका हुन् । राजनीतिले विचार र दृष्टिकोण दिएपनि राजनीतिकै कारण समाज र मानिस विभाजित हुने गरेको उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले संगीत, कला र गायनले मान्छेलाई एक ठाउँमा जोड्ने बताए ।

उनले कला र संगीतको क्षेत्रमा लागेका व्यक्तिहरुमा राजनीतिक रोग सर्न नहुने समेत बताएका छन् । राजनीतिमा दलहरु जोडिने र छुट्ने क्रम चल्ने गरेको प्रसंग उल्लेख गर्दैै पोखरेलले कला क्षेत्रमा लागेका व्यक्तिहरुले त्यस्तो गर्न नहुने बताए ।

पोखरेलले तारादेवी फाउण्डेशनका लागि सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् । सम्मानित व्यक्तिहरुलाई एकै छानामुनि ल्याउन ठोस प्रस्ताव लिएर आए आफू जुनसुकै तहमा पनि सहयोग गर्न तयार रहेको पोखरेलले बताए ।

सम्बन्धित समाचारहरु