क्रियाशील दलित पत्रकार संघ, नेपालको प्रदेश २ का अध्यक्षमा मणिलाल

महोत्तरी । क्रियाशील दलित पत्रकार संघ, नेपालको प्रदेश २ समिति गठन भएको छ । महोत्तरीको बर्दिबासमा बिहीबार प्रदेश २ का विभिन्न सञ्चारमाध्यममा कार्यरत दलित समुदायका पत्रकारहरुको भेलाले मणिलाल विश्वकर्माको अध्यक्षतामा १५ सदस्यीय प्रदेश २ समिति गठन गरेको हो ।

नयाँ पत्रिका राष्ट्रिय दैनिकका सिरहा संवाददाता विश्वकर्मा प्रेस संगठन नेपालका केन्द्रीय सदस्य पनि हुन् । समितिको उपाध्यक्षमा महेन्द्र सदा (सप्तरी), महासचिवमा सोम दियाली (सर्लाही), सचिवमा आशिष विश्वकर्मा (सिरहा), कोषाध्यक्षमा शान्ता रिमाल (सर्लाही) रहेका छन् । समितिको सदस्यमा रामप्रवेश बैठा (रौतहट), रामएकल महरा (धनुषा), मञ्जित राम (महोत्तरी), आशा तोलाङ्गे (महोत्तरी), उमेश विश्वकर्मा (सर्लाही), सुर्यनारायण विश्वकर्मा (पर्सा), राजनारायण राम (बारा), प्रदीप दास (रौतहट), सञ्जय विश्वकर्मा (सिरहा) रहेका छन् ।

संघका केन्द्रीय अध्यक्ष पवित्रा सुनारको प्रमुख आतिथ्यमा समिति गठन भएको हो । भेलामा संघका केन्द्रीय अध्यक्ष पवित्रा सुनारले दलित समुदायका व्यावसायिक पत्रकार एक भएर जातीय छुवाछुतको अन्त्य, शिक्षा, स्वास्थ्य लगायत आधारभूत आवश्यकता सम्बोधनमा गहिरो रिपाेर्टिङ गर्ने बताइन् ।

भेलामा प्रदेश २ समितिका अध्यक्ष मणिलाल विश्वकर्माले दलित समुदायको मुद्दामाथि बहस, छलफल गरेर दलित पत्रकारहरुको व्यावसायिक क्षमता अभिबृद्धि गर्ने बताए । भेलामा नेकपाको जिल्ला कमीटि सदस्य तथा अभियान्ता मीन रहपाल, बर्दिबास नगरपालिकाका न्याययिक समिति सदस्य चन्द्र विश्वकर्मा, प्रेस संगठन नेपाल महोत्तरी जिल्ला कमिटी अध्यक्ष राजकरण महतोको पनि सहभागिता रहेको थियो ।

सम्बन्धित समाचारहरु