अष्ट्रेलियन पादरीले १९३ वटा बाल यौन दुर्व्यवहार गरेको पुष्टी

अष्ट्रेलियन पादरीले १९३ वटा बाल यौन दुर्व्यवहार गरेको पुष्टी


अष्ट्रेलियाका एक पूर्व पादरीले ७० भन्दा बढी यौन दुर्ब्यबहारको दोषी प्रमाणित भएका छन् ।  हालै ८९ वर्षीय पुर्ब पादरी जेराल्ड रिड्सडेलले  बाल यौन दुर्व्यवहारको थप आरोप स्वीकार गरे पछि उनले ७२ वटा अपराध गरेको पुष्टी भएको हो । उनी सन् १९९४ देखि ३९ वर्षको जेल सजाय भोगिरहेका छन् । सो सँगै उनले १९३ औँ अपराध गरेको पुष्टी भएको छ । 

नयाँ कसुर प्रमाणित भए पछि अब उनलाई  थप सजाय हुनसक्छ। गेराल्डले सन् १९६१ देखि १९८८ सम्म आफ्नो चर्च र विद्यालयमा उपस्थित धेरै बालबालिकालाई यौन दुर्व्यवहार गरेको उजुरी पछि उनलाई पक्राउ गरिएको थियो। उनीविरुद्ध धारा प्रवाह रुपमा उजुरी परे पछि अष्ट्रेलियामा सो समयमा सनसनी मच्चिएकोसमेत थियो। उनै पादरी माथी थप अर्को आरोप पुष्टी भएपछि उनी पुनः चर्चामा आएका हुन्। 

भिक्टोरिया राज्यको रोमन क्याथोलिक चर्चमा पादरी रहेका गेराल्डले विभिन्न दुर्व्यवहारका घटना बाहिर आएपछि देशभर हंगामा मच्चाएको थियो। उनी यतिबेला ओछ्यानबाट उठ्न सक्दैनन्, उनलाई जेलको अस्पतालमा राखिएको छ।

हालै स्थानीय बल्लार मजिस्ट्रेटको अदालतले ७२ औँ मुद्दाको सुनुवाइ भिडियो कन्फरेन्समार्फत सम्पन्न गरेको हो। १९८७ को पछिल्लो मामला मेलबर्नबाट ३००  किलोमिटर टाढा रहेको होर्शाम स्कूलसँग सम्बन्धित छ, जहाँ उनले एक सहायक पादरी हुँदा एक १३ वर्षीय केटालाई यौन दुर्व्यवहार गरेका थिए। 

पछिल्लो दोषी ठहरिए पछि, जेराल्डलाई उसको १९३ औँ अपराधको लागि सजाय सुनाइनेछ। उनलाई सजायका लागि अगस्ट १५ मा अदालतमा पेश गरिने छ ।

Logo