नेकपाकाे आचारस‍ंहितादेखि राम्रा काम गर्ने कर्मचारीलाई पुरस्कारसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमूलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

आजका टप ५ समाचारमध्ये  ६८ औं भन्सार दिवसको उपलक्ष्यमा नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालल भन्सार कर तथा भिसिटिएस सम्बन्धी प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।
१९ औं सशस्त्र प्रहरी स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रमुख (आइजीपी) शैलेन्द्र खनालले संगठनभित्र नीतिगत भ्रष्टाचार र आर्थिक अनियमितता गर्ने छुट कसैलाई नभएको बताएका छन् ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आप्mना नेता तथा कार्यकर्ताहरुलाई ११ बुँदे आचारसंहिता जारी गरेको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक गरेको सीपीआई २०१९ को सर्वेक्षण रिपोर्टमा नेपाल भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांङ्कको १ सय १३ औँ स्थानमा रहेको देखाएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार