नबिल इन्भेष्टमेन्ट र श्रीनगर एग्रिटेकबीच सम्झौता

नबिल इन्भेष्टमेन्ट र श्रीनगर एग्रिटेकबीच सम्झौता


नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र श्रीनगर एग्रिटेक इन्डष्ट्रीजबीच सम्झौता भएको छ।

नबिल इन्भेष्टमेन्ट र श्रीनगर एग्रिटेक इन्डष्ट्रीजबीच साधारण सेयर (आईपीओ) निष्कासनमा सहयोग गर्ने सम्झौता भएको हो। साथै, कम्पनीलाई एक सूचीकृत कम्पनी बनाउने र आवश्यक पुँजीको उपलब्धताजस्ता सहयोगी भूमिका निर्वाह गर्नेसम्मको कार्यका लागि संस्थागत परामर्श सेवासम्बन्धी सम्झौता भएको हो। 

सम्झौतामा श्रीनगर एग्रिटेकका प्रबन्ध निर्देशक सतीशचन्द श्रेष्ठ र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनीष जोशीले हस्ताक्षर गरेको जनाइएको छ। सार्वजनिक निष्कासनका लागि श्रीनगर पब्लिक लिमिटेडमा रुपान्तरण भइसकेको छ।

Logo