सरकार र नागरिकबीचको सम्बन्धलाई सुदृढ बनाउन सरकार दृढ छः प्रधानमन्त्री प्रचण्ड

सरकार र नागरिकबीचको सम्बन्धलाई सुदृढ बनाउन सरकार दृढ छः प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा उठेका जिज्ञासा र प्रश्नबाट सरकार कहिले पछि नहट्को बताएका छन् । 

शुक्रवार संघीय संसदमा बसेको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा  सांसद अञ्जनी श्रेष्ठको प्रश्नमा प्रधानमन्त्री दाहालले राष्ट्र र नागरिकको समग्र हितका लागि सरकार प्रयत्नशील रहेको बताए । 

उनले भने- ‘सदनमा शून्य समय र विषेश समयमा उठाइएका विभिन्न प्रश्नहरुप्रति  सरकार संवेदनशील भई तीनको जवाफ नियमित रुपमा दिईनै रहेको छ । सदनमा उठेका प्रश्न र जिज्ञासाहरु प्रति जिम्मेवारी र उत्तरदायित्वबाट सरकार कहिले पछि हटेको छैन र पछि हट्ने पनि छैन । राष्ट्र र नागरिकको समग्र हित तथा सम्मुन्नतिका  लागि सरकार सदैव प्रयत्नशील रहनेछ । जनसकारका विविध विषयलाई उचित सम्बोधन गदै तथा विकास निमार्ण कार्यलाई गति दिँदै सरकार र नागरिकबीचको सम्बन्धलाई सुदृढ बनाउन सरकार दृढ छ ।’ 

Logo