कृषकले पाउने मूल्य र उपभोक्ताले तिर्नुपर्ने चर्को मूल्यको अन्त्य हुने प्रधानमन्त्रीको प्रतिवद्धता

कृषकले पाउने मूल्य र उपभोक्ताले तिर्नुपर्ने चर्को मूल्यको अन्त्य हुने प्रधानमन्त्रीको प्रतिवद्धता


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषकले न्यून मूल्य पाउने र उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने अवस्थाको अन्त्य हुने प्रतिवद्धता जाहेर गरेका छन्। 

शुक्रबार संघीय संसदमा बसेको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफदिने क्रममा  सांसद अर्जुननरसिंह केसीको प्रश्नमा प्रधानमन्त्री दाहालले तरकारीको बजार प्रणालीमा देखिएको समस्या समाधानका लागि पनि व्यवस्था मिलाइएको बताए।
 
उनले भने ‘कृषि उपजको बजार प्रणालीमा कृषकले न्युन मूल्य पाउने र उपभोक्ताले चर्को मूल्य तिर्नु पर्ने अवस्थाको अन्त्य गर्न प्रमख खाद्यान्न वालीको सिजन पूर्व नै समर्थन मुल्य तोक्ने व्यवस्था नेपाल  सरकारले गरेको छ। दूध उत्पादक किसानले पाउने न्यूनतम मूल्य तोकिएको छ भने उखु उत्पादक कृषकहरुलाई ७० रुपैयाँ प्रतिक्वीन्टलको हिसावले अनुदान उपलव्ध गाराउने व्यवस्था मिलाइएको छ। तरकारीको बजार प्रणालीमा देखिएको समस्या समाधान गर्न विकेन्द्रित प्रणली अपनाई प्रदेश र स्थानीय सरकारलाई समेत जिम्मेवार गर्ने गरि कार्य अगाडि बढेको छ।’ 

Logo