चुम्बन र बेड सिन हटाएपछि फिल्म परस्त्रीलाई प्रदर्शन अनुमति

चुम्बन र बेड सिन हटाएपछि फिल्म परस्त्रीलाई प्रदर्शन अनुमति


चलचित्र सेन्सर बोर्डले फिल्म परस्त्रीलाई प्रदर्शन अनुमति दिएको छ।

यसअघि चलचित्रमा राखिएको चुम्बन र बेड सिनका कारण सेन्सर बोर्डले प्रदर्शनका लागि जाँचपासको प्रमाणपत्र दिन अस्वीकार गरेको थियो । सो दृश्य हटाउन निर्देशन दिइएको थियाे । त्यसपछि फिल्मका ६ वटा सिन परिमार्जन गर्दै सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको फिल्मका निर्माता दिपेन्द्र के खनालले जानकारी दिए । 

सुरज पाण्डे निर्देशित यो फिल्म असार १५ गतेदेखि प्रदर्शन हुँदैछ। विवाहोत्तर सबन्धले निम्त्याउने समस्याका बारेमा केन्द्रित कथा बोकेको सो फिल्म मुस्ताङ र काठमाडौँलगायतमा खिचिएको थियो। सो फिल्ममा कोशिश क्षेत्री, गौरव बिष्ट, शिल्पा मास्के, एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी आदिको अभिनय रहेको छ।

Logo