माधव नेपालको आरोपः ‘सरकार ढाल्न ओली कांग्रेसलाई प्रभावित पार्ने खेलमा लागे’

माधव नेपालको आरोपः ‘सरकार ढाल्न ओली कांग्रेसलाई प्रभावित पार्ने खेलमा लागे’


नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसलाई प्रभावित पार्ने काम गरिरहेको आरोप लगाएका छन् । 

शुक्रवार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी)को सम्पर्क सन्देश विमोचन समारोहमा अध्यक्ष नेपालले काँग्रेसले सरकार चलाएर साथ दिन तयार रहेको भन्दै ओली सत्ता गठबन्धनमा फुट ल्याउने खेलमा लागिपरेको बताएका हुन् । उनले ओलीले कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकारलाई ढालेर शेरबहादुरलाई अघि बढाउन अनैकौँ प्रयास गरेको आरोप लगाए।

उनले भने, ‘अहिले पत्रिकामा पढ्नुभएको होला । केपी ओलीले नेपाली कांग्रेसलाई प्रभावित पारेर कांग्रेसले नै सरकार चलाओस् साथ दिन तयार छु भनिराछन् । कस्तो विडम्बना त्यो कम्युनिष्ट पार्टीको चरित्र कस्तो होला । कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डको सरकारलाई ढालेर दलाल पुँजीवादसँग आफूलाई जोडेका छन् शब्दले मात्र । उसैलाई अघि बढाउन अनैकौँ प्रयास गरेका छन् ।’

अध्यक्ष नेपालले आफूहरुले चालिरहेको कदमलाई ओलीले सकारात्मक रुपमा नलिएको भन्दै उनलाई खराब चरित्र भएको व्यक्तिकोरुपमा टिप्पणी गरे । 

Logo