मयूर यातायातद्वारा उपत्यकामा सेवा सुरु

मयूर यातायातद्वारा उपत्यकामा सेवा सुरु


काठमाडौं ।

लकडाउन पछि मयूर यातायातले आफ्नो सेवा संचालन गरेको छ । लकडाउनका कारण लामो समयसम्म थन्किएका सार्वजनिक सवारी साधनहरु सरकारको निर्णय पश्चात संचालन भएका हुन् ।

मयूर यातायातले ५० प्रतिशत भाडा बृद्धि गरेर सेवा सञ्चालन गरेको हो । अहिले मयूर यातायात बस काठमाडौं उपत्यकाभित्र संचालन भएका छन् । सरकारको निर्देशनपछि यातायात संचालन गर्ने तयारी सुरु गरेको सञ्चालक मोहन श्रेष्ठको भनाई छ ।

मयूरका दुईवटा बसले काभ्रेसम्म सेवा दिन सुरु गरेको छ । अहिले मयूरले ३/४ वटा गाडी निकालिसकेको छ । लामो समय सवारी साधन थन्किएकाले अधिकांश सवारी मर्मत गर्नु पर्ने अवस्थामा पुगेका छन् । ती सवारीहरु मर्मत गरेपछि विस्तारै अरु पनि बसहरु संचालन गर्ने मयूर यातायातले जनाएको छ ।

मयूरले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर दिने जनाएको छ । यातायात व्यवसायीहरुको छाता संठगन यातायात व्यवसायी राष्ट्रिय महासंघले भने सरकारले आफ्ना मागहरु पूरा नगरेकाले तत्काल सार्वजनिक यातायात संचालन गर्न नसक्ने जनाएको छ ।

Logo