मन्त्रीहरुलाई तत्काल बर्खास्त गरेर नयाँ व्यवस्था गर्नुपर्छः सांसद थापा

मन्त्रीहरुलाई तत्काल बर्खास्त गरेर नयाँ व्यवस्था गर्नुपर्छः सांसद थापा


सांसद सुर्य थापाले शपथ सम्बन्धि व्यवस्थाको उलंघन गरेको भन्दै मन्त्रीहरु बर्खास्त गर्नुपर्ने माग गरेका छन् । 

प्रतिनिधि सभामा बजेटमाथिको छलफलका क्रममा सांसद थापाले पर्यटन, खेदकुद तथा सामान्य प्रशासनमन्त्रीले शपथ सम्बन्धि ऐनको उलंघन गरेको आरोप लगाएका हुन् ।

‘पर्यटन मन्त्रीजीले, युवा तथा खेलकुद मन्त्रीजीले र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीजीले, गर्नु भएको विनियोजनमा यो शफत सम्बन्धि ऐनको ठाडो उलंघन भएको छ । यसको जवाफदेहीता उहाँहरुले कसरी बहन गर्नुपर्छ ? उनले भने, ‘मन्त्रीजूहरुमार्फत प्रधानमन्त्री ज्यूको ध्यानाकर्षण गराउन चाहान्छु । शपथ सम्बन्धि ऐनको ठाडो उलंघन गरेर पक्षपात गर्ने खराब भावना लिएर बजेट विनियोजन गर्ने मन्त्रीहरुलाई तत्काल बर्खास्त गरेर नयाँ व्यवस्था गर्नुपर्छ म यो कुरा यहाँ राख्नु चाहान्छु ।’ 

त्यस्तै मन्त्रीहरुले बजेट आफ्नो क्षेत्रमा मात्रै खन्याएको भन्दै सांसद थापाले आपत्ति जनाए ।  

Skip This
Logo