भारतमा ५ जनाको विभत्स हत्या गरेपछि एक युवाले आफैंलाई गोली हानी मारे

भारतमा ५ जनाको विभत्स हत्या गरेपछि एक युवाले आफैंलाई गोली हानी मारे


भारतको उत्तर प्रदेशको मैनपुरीबाट एउटा हृदयविदारक खबर सार्वजनिक भएको छ। यहाँ एकै परिवारका सदस्य,आफन्त र साथीको विभत्स हत्या गरिएको छ। आफ्नो परिवारका कुल ५ जनाको हत्या गरेपछि ती ब्यक्तिले आफैंलाई गोली हानेर मारेका थिए। 

भारतीय सञ्चारमाध्यमक आजतकका अनुसार घरको जेठो छोराले यो घटना गराएका हुन्। उनले पहिले परिवारका चार सदस्य र एक आफन्तको बञ्चरोले टाउको काटेका थिए। 

त्यसपछि अन्य दुई जनालाई पनि मार्ने प्रयास गरियो। त्यसपछि आरोपीले आफैँलाई गोली हानेर आत्महत्या गरेका थिए। घाइते दुवै महिलाको अवस्था चिन्ताजनक रहेको बताइएको छ।  घटना किश्नी थाना क्षेत्र गोकुलपुरा अरसारासँग सम्बन्धित छ। जानकारी अनुसार यो घटना राति २ बजेको समयमा भएको थियो।  

समाचार अनुसार घरको जेठो छोराले पहिला सबैलाई हानेर हत्या गरे। त्यसपछि उनले आफूलाई पनि गोली हानेर आत्महत्या गरे। घरमा विवाह भएकोले सबै आफन्त पनि त्यहाँ थिए। हत्याको यो घटनापछि इलाकामा सनसनी फैलिएको छ। घटनास्थलमा एसपी, आईजी र एडीजीलगायत जिल्ला अधिकारीहरू उपस्थित रहेका छन्। 

जानकारी अनुसार गोकुलपुरमा बस्दै आएका सुभाषचन्द्र यादवका छोरा सोहवीरले आफ्नै परिवारका ५ जनाको हत्या गरेका हुन्। उनले माइजु र श्रीमतीलाई पनि मार्ने प्रयास गरेका थिए। 

सूचना प्राप्त हुनासाथ स्टेशन इन्चार्ज किश्नी मे फोर्स पुगेका छन्। सबै शवलाई आफ्नो नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि पठाइएको छ। हाल यस विषयमा थप कारवाही भइरहेको छ। प्रहरीले घरमा रहेका अन्य व्यक्ति र छिमेकीसँग सोधपुछ गरिरहेको छ। आखिर किन युवकले यस्तो कदम चाल्यो ? अनुसन्धान जारी छ। 

Logo