‘हाउडे माया’ बनेर आइन् ‘शिकारी नारी’ [भिडियाे]

‘हाउडे माया’ बनेर आइन् ‘शिकारी नारी’ [भिडियाे]


‘हाउडे माया’ले चर्चित गायिका सृजना खत्रीले नयाँ  र्याप गीत ‘शिकारी नारी’ बजारमा ल्याएकी छन् । 

गीतको स्वरमा सृजनालाई गायक प्रताप दासले साथ दिएका छन् भने शब्द र संगीत आफैले भरेकी छन् । नरेशनाथ योगीको निर्देशन रहेको भिडियोमा सृजना र राज कटुवाल फिचर्ड छन् । 

गीतको भिडियोको छायाँकन र सम्पादन प्रजित तामाङले गरेका छन् । 

सिर्जनालाई ‘हाउडे माया’ उपनामले चिन्नेहरु धेरै छन्। ‘हाउडे माया’ चाहीँ गीतले दिएको नाम हो । यो उनको पहिलो गीत थियो। आफैंले शब्द, संगीत र स्वर भरेको उक्त गीतले उनलाई गायिका बनाइदिएको हो। त्यसपछि उनको ‘नौटकी माया’, ‘लाहुरे माया’ हुँदै ‘डबल माया’लाई दर्शकले असाध्यै रुचाएका छन् । 

 

Logo