प्रधानमन्त्री प्रचण्डको नेतृत्वमै मुलुकमा समृद्धि सम्भव छः मन्त्री किराती

प्रधानमन्त्री प्रचण्डको नेतृत्वमै मुलुकमा समृद्धि सम्भव छः मन्त्री किराती


संस्कृति, पर्यटन तथानागरिक उड्डयनमन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा भएको संघर्षको अन्त्य नभएकोले दाहालकै नेतृत्वमा देशको समृद्धि सम्भव भएको जिकिर गरेका छन् । 

नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औं वार्षिकोत्सवको अवसरमा आयोजित कविता महोत्सवमा मन्त्री किराँतीले प्रधानमन्त्री दाहालको नेतृत्वमा संघर्षपूर्ण शान्ति स्थापनादेखि परिवर्तन भएको भन्दै समृद्धिको जग पनिप्रधानमन्त्रीकै नेतृत्वमा सम्भव हुने बताए । 

उनले भने, ‘संघर्षको अन्त्य भएको छैन् । खराब प्रवृतिको विरुद्धमा संघर्ष गरेर समृद्धि निर्माण र सुशासन कायम गर्नुपर्ने छ । उहाँबाट त्यो सम्भव छ । प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा संघर्ष पनिभयो, शान्ति पनि उहाँकै नेतृत्वमा यो देशले प्राप्त गरेको छ र उहाँकै नेतृत्वमा समृद्धिको जग हाल्नसक्ने ठूलो सम्भावना छ ।’

त्यस्तै, मन्त्री किरातीले नेपालको भूगोल सानो भएपनिभाषा र संस्कृतिको हिसावले देश विशाल रहेको उल्लेख गर्दै त्यस्मागौरव गर्दै भिन्नभिन्न संस्कृति र भाषालाई बुनेर एक बनाउनुपर्नेमा जोड दिए । ‘हाम्रो भूगोल सानो छ । उत्तर र दक्षिणतर्फ हाम्रा ठूला मित्र राष्ट्रहरु छन् । तर संस्कृति र भाषाको दृष्टिकोणले हामी साना छैनौं । यो हाम्रो गौरवको विषयहो । यी सबै भाषाभाषी र  विविध संस्कृतिहरुलाई एउटै धागोले बुनेर एक बनाएर संसारमा प्रस्तुत हुन सक्नुपर्छ ।’

भ्रष्टाचारको विरुद्ध र समृद्धिको पक्षमा जस्तोसुकै कठिन परिस्थितिको सामना गर्न तयार रहेको बताएका उनले साहित्यको क्षेत्रबाट समाज परिवर्तनका लागि लाग्न प्राज्ञिक वर्गलाई आग्रह गरे । 

Logo