इटालीका मिडफिल्डर सान्द्रो न्यूक्यासलमा अनुबन्ध नजिक

इटालीका मिडफिल्डर सान्द्रो न्यूक्यासलमा अनुबन्ध नजिक


इंग्लिस क्लब न्यूक्यासल युनाइटेड इटालीका मिडफिल्डर सान्द्रो टोनालीलाई अनुबन्ध नजिक पुगेकोछ। न्यूक्यासलले सान्द्रो टोनालीलाई इटालियन सिरी ए क्लब एसी मिलानबाट अनुबन्ध गर्न नजिक पुगेको उनका एजेन्टले बताएका छन्।

२३ वर्षीय टोनालीले न्यूक्यासलमा ६ वर्षको हस्ताक्षर गर्ने र केही दिनमा नै मेडिकल लगायत कागजी प्रक्रिया पूरा गरिने अपेक्षा गरिएको छ। इटालियन मिडियासँग कुराकानीमा टोनालीका एजेन्ट ज्युसेप रिसोले एड–अनहरूसहित ८० मिलियन युरोमा स्थानान्तरण हुन सक्ने बताए। उनले दुवै पक्षबीच अन्तिम बिवरणमा सहमति भईरहेको बताए।

न्युक्यासल र टोनालीबीच व्यक्तिगत सम्झौता भएको रिसोले बताए। टोनालीले मिलानलाई २०२१–२२ मा इटालियन उपाधि जिताउन मद्दत गरे र गत सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने टोलीको हिस्सा बने।

टोनालीले ब्रेसियाबाट व्यवसायिक खेल करिअर शुरु गरे। ब्रेसिया २०१९–२० को सिजनमा सिरी ‘ए’ मा बढुवा भएको थियो। तर, क्लब अर्काे सिजन नै रेलिगेसनमा पर्यो। ब्रेसिया रेलिगेसनमा परेपनि उच्च प्रदर्शन गरिरहेका उनले इटालीको सिनियर राष्ट्रिय टोलीमा डेब्युको मौका पाए।

उनी २०२० को समरमा लोनमा एसी मिलानमा सामेल भए र अर्को वर्ष यस कदमलाई स्थायी बने। क्लबले २०२२ मा इटालियन उपाधि जित्दा उनले ३६ खेलमा पाँच गोल गरे। उनले यो सिजन मिलानबाट ४८ खेल खेल्दा २ गोल गरे। उनले इटालीका लागि १४ क्याप जितिसकेका छन्।

Logo