धुलोरहित काठमाडौं कार्यक्रमलाई १०० करोड रकम विनियोजन

धुलोरहित काठमाडौं कार्यक्रमलाई १०० करोड रकम विनियोजन


काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष पनि धुलोरहित काठमाडौं कार्यक्रम निरन्तरता दिएको छ ।

आइतबार नगरसभाको बैठकमा महानगरकी उपप्रमुख सुनीता डंगोलले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटमा उक्त कार्यक्रम समावेश गरिएको छ । उनका अनुसार धुलोरहित काठमाडौं कार्यक्रमका लागि १०० करोड रकम विनियोजन गरिएको छ । 

महानगरको सार्वजनिक पूर्वाधार निर्माण तथा सुधारतर्फ गत आर्थिक वर्षको क्रमागत योजनासहित ७ अर्ब ३४ करोड ६४ लाख ७१ हजार विनियोजन गरेको जानकारी दिएकी उपप्रमुख डंगोलले पूर्वाधार एम्बुलेन्स, सुन्दर महानगर योजना, उज्यालो सहर मेरो महानगर कार्यक्रमका लागि ८० करोड रुपैयाँ विनियोजन गरिएको बताइन् । 

Logo