विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका ३१६ सुरक्षाकर्मीलाई फिर्ता बोलाइयो

विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका ३१६ सुरक्षाकर्मीलाई फिर्ता बोलाइयो


बहाल तथा पूर्वविशिष्ट व्यक्तिको सुरक्षामा खटिएका ३१६ जना सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको छ । 

आइतबार बसेको प्रिितनिधिसभा बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ विपरीत विशिष्ट व्यक्ति तथा पूर्वविशिष्ट व्यक्तिको सुरक्षामा खटिएका ३१६ जना सुरक्षाकर्मी फिर्ता बोलाइएको जानकारी दिए । 

उनका अनुसार ३१६ सुरक्षाकर्मीमध्ये १९० नेपाल प्रहरी र १२६ सशस्त्र प्रहरी बलका रहेका छन् ।

Logo