#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1219783755278445507067094347
नेपाल165313586057891

कृषि प्रधान होइन, अल्छी प्रधान देश नेपाल

  • दीपा बस्नेत, चलचित्र निर्देशक –

विहानदेखि बेलुकासम्मको हाम्रो (नेपाली समुदाय) जीवनशैली सरसर्ती हेर्दा लाग्छ हामी हरेक कुरामा सम्पन्न छौं र हाम्रो सोच्ने शैली गज्ज्बको छ । तर गम्भीर भएर हेर्दा हामी कति सतहमा छौं भन्ने कुराको हेक्का हामीले राखेका छैनौँ र कसैले हाम्रा नराम्रा बानीहरू औंल्याएर हाम्रो औकात सम्झाइदिन खोज्यो भने ऊसँग हामी जीवनभरको दुश्मनी मोल्न पनि पछि पर्दैनौँ । हाम्रो वास्तविकता यही हो ।
हामी अर्थात नेपाली

हामी सबैलाई थाहा छ ‘एक किलोमिटरको यात्रा पनि पहिलो एक पाइलाबाट शुरु हुन्छ’ तर पनि हामी एकै पटक जम्प गरेर निकै माइलको यात्रा गर्ने कुरा गर्छौ र पहिलो पाइला टेक्न अल्छी मान्छौँ र केही कामको शुरुवात गर्न डराउछौँ । यहाँ एउटा ठूूलो समूह छ जो अब यो काम गर्छु त्यो काम गर्छु भनेर भएभरका योजना बनाउँछ तर कार्यान्वयन गर्न सक्षम हँुदैन । विभिन्न वहाना बनाएर आफूूसँग भएको योजनाहरूको शुरुवात नगर्नेहरूको जमात बढ्दो छ ।

हामी युवा वर्ग यतिविध्न मात्तिएका छौं कि हामीले भनेका हरेक मागहरू चाहै ती आवश्यक छन् अथवा अनावश्यक छन् सबै कुरा हामीलाई जन्मदिने बाबुआमाले परिपुर्ति गर्नुपर्छ भन्ने कुरालाई रटान गरिरहेका हुन्छौं त्यसैले हामीलाई यत्ति पनि बोध हुँदैन हाम्रो कर्तव्य के हो । अनि विस्तारै हाम्रो सोच बढ्दै जान्छ, तब हामी के भन्छौं भने ‘मेरो सोच्ने काम हो तर मेरो सोचलाई पैसा हाल्ने मान्छे भएन ।’

कलेजको क्यान्टीमा बसेर साथीभाइसँग अनावश्यक गफ गर्ने हामीले हाम्रा हावा गफ र सोचले संसार जित्ने कुरा गर्छो तर संसार जित्नको लागि आफूूबाट काम शुरु गर्नुपर्छ भन्ने कुराको बुझाइ निकै कम छ । हामीले सोचेका हाम्रो दिमागमा भएका सोचहरूको लागि हाम्रो परिवारले लगानी गर्नुपर्छ भनेर कुर्लने गरेका हुन्छौं । सीमित साथीभाइहरूको अगाडि बसेर चिया र चुरोटको चुस्की लिदै हामी सधै अरुलाई दोष दिन्छौं, हाम्रो सोच परिवारले बुझेन, सरकारले बुझेन । तर हामीले यो किन सोच्दैनौ कि दिमागमा भएको कुराको शुरुवात गरेर, कार्यान्वयन गर्नको लागि खाका बनाएर परिवारमा अथवा समूूहमा अथवा त्यस्तै सहयोग गर्ने सरकारी तथा गैरसकारी संघसस्थाहरूमा गएर कुरा गर्न किन हिच्किचाउँछौँ । किनकि हामी अल्छी छौं । हामी कुरा गर्छौं तर काम गर्दैनौँ ।

हामी नेपालीले हाम्रो विगत र टेक्ने धरातललाई यसरी पाखा लगाउँदै गएका छौं कि कुनै समय यस्तो दिन आउँछ जहाँ पश्चात्ताप बाहेक केही पनि बाँकी रहनेछैन । केही समयसम्म हरेक घरका एक जना सदस्य विदेशमा जाने फेशन थियो तर आज गाउँमा हुर्कने हरेक युवा उमेर पुग्नासाथ पासपोर्ट बनाउन हतार गरिरहेको हुन्छ । विदेश गएर जीवनस्तर उकास्ने भूूतले नेपाली समाजलाई यसरी गाँजेको छ कि मानौं वोर्डर पार गर्नासाथ पैसा उडेर झोलामै बर्सिन्छ । नेपालीले विदेशमा गर्ने प्रायः काम भनेको सबैभन्दा तल्लो स्तरको काम हुन्छ र परिवारबाट टाढा रहेका निकै श्रम खर्च गरेर अलिअलि कमाइ हुन्छ हामी त्यसमै रमाइरहेका छौँ ।

आफ्नो बाँझो खेतमा काम गर्न लाज र अल्छी मान्ने हातहरू विदेशमा गएर स्वाभिमान गिराएर कसरी काम गरिरहेका छौं । नेपाली समाजमा विदेश गमन यसरी बढिरहेको छ कि आज नेपालका हरेक गाउँ युवाविहीन छ । मर्दापर्दा लास उठाउने हातहरू काँपिरहेको दृश्य अहिले प्रायः गाउँमा देख्न सकिन्छ ।

‘सरकारी काम कहिले जाला घाम’ भनेर सोच्ने कर्मचारी अल्छी भएर नै यो उखान प्रचलित भएको कुरामा कुनै दुईमत नहोला । हरेक कुरामा कामचोर र अल्छी भएका हामी नेपालीहरूले आफ्नो कामलाई सम्मानपूूर्वक स्वीकार्न नसक्नु, आफ्नो कामलाई इमान्दारितापूूर्वक निर्वाह गर्न नसक्नु अनि आफ्नो कामभन्दा अरूले गर्ने काम राम्रो र इज्जतिलो देख्नु पनि हामी अल्छी हुनुको प्रमाण हो ।

उसो त हामी त्यत्तिकै अल्छी भएका भने होइनौं । नेपालीलाई महाअल्छी बनाउने स्रोतहरू पनि छन् । हरेक नेपालीको पोल्टामा आफूूले नकमाएको भए पनि पुर्ख्याैली सम्पत्तिको नाममा एउटा घर हुनुलाई पनि लिन सकिन्छ ।

हामीसँग पुर्खाले दिएको एउटा घर त छ तर त्यस घरलाई बचाएर राख्ने र घरनजिकै बचेको थोरै जग्गमा हरियोपरियो लगाउने जाँगर छैन । हाम्रा हातमा अल्छी नामको कीरा परेको छ । हामीलाई थाहै छैन अल्छी नामको कीराले हामीलाई यसरी खाएको छ कि अब मान्छेको नाम मात्रै होइन देशकै नामको स्लोगन फेर्नुपर्ने अवस्थामा हामी पुगेका छौं । आजभन्दा ३० वर्ष पहिलेको कृषि प्रधान देश नेपाल आज अल्छी प्रधान देशमा रूपान्तरण भइसकेको छ ।

सम्बन्धित समाचारहरु