वर्तमान संसदीय प्रणालीले राजनीतिक स्थिरता दिन सक्दैन, संविधान परिमार्जन गरौंः उपेन्द्र यादव

वर्तमान संसदीय प्रणालीले राजनीतिक स्थिरता दिन सक्दैन, संविधान परिमार्जन गरौंः उपेन्द्र यादव


जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राज्यको पुनःसंरचना अपूर्ण भएको र वर्तमान संसदीय प्रणालीले राजनीतिक स्थिरता दिन नसक्ने दावी गरेका छन् । 

आइतवार काठमाडौंमा आयोजित जसपा नेपालको प्रथम विधान अधिवेशनमा अध्यक्ष यादवलेराज्यको पुर्नसंरचना अपूरो र त्रूटिपूर्ण रहेको तथा महंगो निर्वाचन प्रणाली र वर्तमान अभ्यासमा रहेको संसदीय प्रणालीबाट स्थिर राजनीति दिन नसक्ने बताए । उनले अहिले शासकीय स्वरुपमा देखिएको विकृति र विसंगति प्रणालीकै कारण देखा परेको टिप्पणी गरे । 

उनले भने, ‘अहिले जुन विकृति र विसंगति देखिएको छ,यो खासगरी सिस्टमले नै ल्याएको हो र अझै उत्पादन गर्दै छ । अहिलेको शासकीय स्वरुप दिनभरि काम गर्ने, बिहानउठ्दा सांसदहरु गन्नुपर्ने,हराएकि,समर्थन फिर्ता लिनेहुनकि सरकार ढाल्ने हुन कि भन्ने मानसिकता अहिलेको शासकीय स्वरुप र प्रणालीले पैदा गरेको छ ।’

त्यस्तै, अध्यक्ष यादव ले नेपालको वर्तमान व्यवस्थाले राजनीतिक स्थिरता र विकासको गति दिन नसक्ने दावी गरे । ‘नेपालमा जुन खालको संसदीय र निर्वाचन प्रणाली अपनाईयो,यसले राजनीतिक स्थिरता दिन सक्दैन र विकासको गतिलाई अगाडि बढाउन पनि सक्दैन् । भ्रष्टाचार र कमिशनतन्त्र जस्ता विकृति र विसंगतिलाई अन्त्य गर्नपनि सक्दैन् ।’

भ्रष्टाचार बढ्नुमा महंगो चुनाव प्रणाली रहेको ठहर गरेका अध्यक्ष यादवले शासकीय स्वरुपमा सुधार गर्दै जनताबाट निर्वाचित प्रत्यक्ष कार्यकारिणी राष्ट्रपति हुने व्यवस्था ल्याउनुपर्ने बताए । उनले महंगो निर्वाचन प्रणालीलाई सुधार गरेर समानुपातिक निर्वाचन प्रणाली र समानुपातिक संसदको निर्माण गर्नुपर्ने भन्दै त्यसका लागि संविधान संशोधन गर्नुपर्ने बताए । ‘वर्तमान शासकीय स्वरुप र निर्वाचन प्रणालीमा परिवर्तन जरुरी छ । त्यसका लागि वर्तमान संविधानमा परिमार्जन संशोधन आवश्यक छ । यदिशासकीय स्वरुप र निर्वाचन प्रणालीमा सुधार भएन,राज्यको जुन सात प्रदेशको स्वरुप छ,यसमा सुधार भएन र पहिचानलाई मान्यता दिएर त्यसका आधारमा अगाडि बढेन भने यो संविधानले धान्न सक्दैन् । हाम्रो चाहना नयाँ संविधान तुरुन्तै बनाउने हैन,त्यसलाई सुधार गर्ने प्रयास गर्नु हो, सुध्रिन सकेन भने त्यसपछि विकल्प खोज्नुपर्ने बेला आउन सक्छ ।’

Logo