धुर्मुस् सुन्तलीको ‘म त मर्छु कि क्या हो’ युट्युबमा रिलिज हुँदै

धुर्मुस् सुन्तलीको ‘म त मर्छु कि क्या हो’ युट्युबमा रिलिज हुँदै


हाँस्य कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस्) र कुन्जना घिमिरे (सुन्तली)ले निर्माण गरेको वेव फिल्म ‘म त मर्छु कि क्या हो’ अब युट्युवमा हेर्न पाइने भएको छ ।

कोरोना कहरको समयमा चितवन आसपासमा खिचिएको यो फिल्म ओटिटी प्लेटफर्म ओहो मुभिजमा राखिएको थियो । धुर्मुस् सुन्तलीले आज युट्युवमा फिल्म सार्वजनिक गर्दैछन् । फिल्ममा उनीहरुलाई धुर्मुस् र सुन्तलीकै भूमिकामा देख्न पाइने छ ।

फिल्ममा धुर्मुस् र सुन्तलीसँगै रबि गिरी, बुद्दि तामाङ, बिजय बराल, पल्पसा डंगोल, बलदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य र सुशिला थापाको अभिनय रहेको छ । यसमा लेखन तथा निर्देशन धुर्मुस् र सुन्तली दुबैले गरेका छन् । सुदिप बरालको छायांकन रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

Logo