पर्सामा नागरिकता लिनेको घुइँचो

पर्सामा नागरिकता लिनेको घुइँचो


जन्मको आधारमा नागरिकता प्राप्त नागरिकका सन्तानलाई वंशजको नागरिकता लिन मार्गप्रशस्त भएपछि जिल्ला प्रशासन कार्यालय पर्सामा घुइँचो लागेको छ । कार्यालयले दर्ता प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन आइतबारदेखि अनलाइन टोकन प्रणाली लागु गरेको छ । 

प्रशासकीय अधिकृत विनय श्रीवास्तवका अनुसार जन्मसिद्ध नागरिकता प्राप्त नागरिकका सन्तानलाई वंशजको आधारमा नेपाली नागरिकता उपलब्ध गराउने सन्दर्भमा नागरिकता वितरणमा सहज, सरल, छिटोछरितो, निष्पक्ष र पारदर्शी गर्न टोकन प्रणाली लागु गरिएको बताए। सेवाग्राहीलाई पालो कुर्नुपर्ने झन्झटिलो र सास्ती खेप्नुपर्ने अवस्था अन्त्य गरिएको उनले बताए। 

Logo