वैवाहिक कार्यक्रममा बेहुली बेहोस, ६ घन्टापछि पुन: बेहोस हुदाँ मृत्यु

वैवाहिक कार्यक्रममा बेहुली बेहोस, ६ घन्टापछि पुन: बेहोस हुदाँ मृत्यु


बिहारबाट एउटा हृदयविदारक खबर आएको छ जसले सबैलाई भित्रबाट दुःखी बनाएको छ ।  विवाह भएको केही घण्टा मै नवविवाहित दुलहीको मृत्यु भएको घटनाले सबैलाई दुःखी बनाएको हो । यो घटना बिहारको नवादा जिल्लाको हो ।

बेहुलीको मृत्यु हुनासाथ खुशीको माहोल शोकमा परिणत भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जिल्लाको काउकोल थानाको महापुर गाउँमा भएको घटनाले इलाकाका सबैलाई दुखी बनाएको हो । समाचार अनुसार महापुर गाउँमा विवाह भएको पाँच छ घण्टा नबित्दै नवविवाहित युवतीको मृत्यु भएको छ । 

महापुर गाउँका सुबोध मिस्त्रीका छोरा रोहित शर्माको झारखण्ड राज्यअन्तर्गत कोडरमाको लालगढ गाउँकी युवतीसँग नवादाको शोभनाथ मन्दिरमा विवाह भइरहेको थियो । जहाँ विवाह समारोहकै क्रममा युवती बेहोस भइन् । त्यसपछी कुनै न कुनै प्रकारले विवाह समारोह सकिएपछि शुक्रबार साँझ करिब ७ बजे नवविवाहित जोडी महापुर गाउँमा आएका थिए । 

घर ल्याए पछि फेरी दुलही बेहोस भइन । यसपछि आफन्तले हतारमा नवविवाहित युवतीलाई नजिकैको अलीगञ्ज बजारमा रहेको निजी क्लिनिकमा लगे, जहाँबाट उनलाई नवादा रिफर गरियो तर नवविवाहित महिलाको बाटोमै मृत्यु भयो । जसले सो गाउँलाई पुरै शोकमा पारिदियो । 
 

Logo