पाम आयलको निर्यात बन्ददेखि चेस पार्कको चर्चासम्म (भिडियो बुलेटिन)

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमूलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरसको सङ्क्रमण भेटिएको छ । नेपाल आएका एक व्यक्तिलाई प्रारम्भिक जाँच गरी निश्चित निदानका लागि डब्लुएचओ कोल्याबोरेटिङ सेन्टर हङकङमा पठाइएकोमा जाँच पोजेटिभ आएको हो । हाल उनी चिकित्सकको प्रत्यक्ष निगरानीमा छन् ।

त्यस्तै शनिवार बागमती नदी सरसफाइ महाअभियानको ३५) औं हप्ताको बिशेष कार्यक्रममा वडाध्यक्ष हीरालाल तण्डुकारले वडाले अघि सारेको अवधारणा सार्वजनिक गरेका छन् । अवधारणामा अबको २ बर्षभित्र ५ वटा सार्वजनिक शौचालय र आवश्यकताका आधारमा घुम्ती शौचालय निर्माण गर्ने, बसन्तनगर रुद्रमती किनार र त्रिपुरेश्वर कुमारी मार्गमा ‘जेष्ठ नागरिक मनोरञ्जन पार्क’ निर्माण गर्ने योजनाहरू  समेटिएका छन् ।

तामाङ समुदायले आज सोनाम ल्होसार अर्थात् नयाँ वर्ष मनाएका छन् । मंजु श्री पात्रोअनुसार तामाङ समुदायले आज नयाँ वर्ष मनाएका हुन् । त्यस्तै बाग्लुङको ‘अर्पणा पोल्ट्री फार्म’मा रहेको १४ किलोको भालेसम्बन्धी समाचार पनि बुलेटिनमा समाबेश छ  ।

प्रस्तुत छ, आजको केन्द्रबिन्दु टप ५ बुलेटिन

 

सम्बन्धित समाचारहरु

ताजा समाचार