मेयर बालेनविरुद्धको अवहेलना मुद्दा हेर्न नभ्याइनेमा

मेयर बालेनविरुद्धको अवहेलना मुद्दा हेर्न नभ्याइनेमा


आइतबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा परेको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) विरुद्धको मुद्दा हेर्न न्भ्याइनेमा परेको छ ।

अदालतको आदेश मान्दिन भन्ने अभिव्यक्तिबाट अदालतको अवहेलना भएको भन्दै अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा शुक्रबार रिट दायर गरेकी थिइन्।

उक्त रिटमाथि सुनुवाइका लागि आइतबारको पेसी तोकिएको थियो। रिट निवेदनको अन्तिममा रहेको अधिवक्ता झा को रिट हेर्न नभ्याउनेमा परेको हो ।  
    
बालेनले आदिपुरुष फिल्ममा समावेश भएको ‘भारतकी बेटी’ भन्ने शब्दलाई लिएर फिल्मबाट उक्त संवाद नहटाएसम्म नेपालमा उक्त र अन्य कुनैपनि फिल्न चल्न नदिने घोषणा गरी फिल्म हलहरुमा महानगर प्रहरी खटाएका थिए।

त्यसलगत्तै हलवालाहरुको छाता संगठन चलचित्र संघले उच्च अदालत पाटनमा हालेको रिटमा अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै हिन्दी चलचित्रको प्रदर्शनमा रोक लगाउने निर्णय तत्काल कार्यन्वयन नगर्नु नगराउने भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। बालेनले राज्य र अदालतसमेत भारतको गुलाम भएको आरोप समेत लगाएका थिए।

Logo