१ अर्ब २५ करोडको लगानीमा मोरङमा खुल्यो दाल उद्योग, देशकै ठूलो रहेको दाबी

१ अर्ब २५ करोडको लगानीमा मोरङमा खुल्यो दाल उद्योग, देशकै ठूलो रहेको दाबी


तीन ठूला उद्योगीको संयुक्त लगानीमा मोरङमा दाल उद्योग सञ्चालनमा आउने भएको छ। 

अर्गनाइजेसनका अध्यक्ष लोकमान्य गोल्छा, बोहरा ग्रुपका सञ्चालक अविनाश बोहरा र खाद्यान्न उद्योगी एवम् जयश्री फुड्सका पवन अग्रवालको संयुक्त लगानीमा बुढीगंगा गाउँपालिकामा एभरेस्ट पल्सेस प्रालि स्थापना गरिएको हो । दैनिक १२५ टन उत्पादन क्षमता रहेको उद्योगले वार्षिक ४० हजार टन दाल उत्पादन गर्ने क्षमता राख्नेछ । यो नेपालमा दाल उत्पादन गर्ने सबैभन्दा ठूलो उद्योग हुने दाबी गरिएको छ । 

यस उद्योगबाट मसुरो, रहर, चना, मास र मुग दाल एकिकृत रुपमा उत्पादन गरिनेछ । आकर्षक रुपमा १, २, ५, १५, २५ केजीको प्याकेजिङ्गमा दाल बजार पठाइने बोहरा ग्रुपका सञ्चालक बोहराले जानकारी दिए । ‘हामीले उद्योगमा अत्याधुनिक र स्वचालित मल्टी सिड मेसिन ल्याएका छौं,’ उनले भने, ‘अटोमेटिक मेसिन भएकाले उद्योगलाई ६० जना कामदार भए पर्याप्त हुनेछ।’

 

Logo