बजेटपश्चात होन्डाले बढायो बाइकको मूल्य, अब कति ?

बजेटपश्चात होन्डाले बढायो बाइकको मूल्य, अब कति ?


नेपाली बजारमा अन्य कम्पनीको २०० सीसी भन्दा माथिल्लो श्रेणीका मोटरसाइकलको मूल्य घटाइरहेको समयमा होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले भने मोटरसाइकलको मूल्य बढाएको छ ।

कम्पनीले सीबी हाइनेस र सीबी ३५० आरएसको  मूल्य बढाएको हो । यी दुवै मोटरसाइकलको मूल्यमा ७६ हजार रुपैयाँले वृद्धि गरेको हो । यसअघि ८ लाख ४९ हजार रुपैयाँमा बिक्री भइरहेको सीबी हाइनेस ३५० को मूल्य ९ लाख २५ हजार रुपैयाँ पुगेको छ ।

त्यसैगरी सीबी ३५० आरएसको मूल्य ८ लाख ९९ हजार रुपैयाँबाट बढाएर ९ लाख ७५ हजार रुपैयाँ पुगेको छ । कम्पनीले गत असार ६ गते देखि लागू हुने गरी मूल्य वृद्धि गरेको हो ।

Skip This
Logo