सरसफाई तीनै तहको सरकारको प्राथमिकतामा पर्न सकेनः मन्त्री यादव

सरसफाई तीनै तहको सरकारको प्राथमिकतामा पर्न सकेनः मन्त्री यादव


खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र राय यादवले सरसफाई तीनै तहको सरकारको प्राथमिकतामा पर्न नसकेको गुनासो गरेका छन्।
 
सोमबार प्रतिनिधसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले संघीय सरकारबाट केही ढल प्रशोधनका कार्यक्रमहरुको आयोजना सञ्चालनमा रहेता पनि समग्र प्रगति भने सन्तोष जनक नरहेको टिप्पणी गरेका हुन्।

उनले भने,सरसफाई विविध कारणले तीनै तहको सरकारको प्राथमिकतामा पर्न सकेको छैन। संघीय सरकारबाट केही ढल प्रशोधनका कार्यक्रमहरुको आयोजना सञ्चालनमा रहेतापनि समग्र प्रगति भने सन्तोष जनक रहेको छैन।’

मन्त्री यादवले दिगो विकासको लक्ष्य अनुसार २०३० सम्म जनसंख्याको ९९ प्रतिशतआधारभूतखानेपानीतथा ९० प्रतिशत स्वच्छ खानेपानीकाे पहुँच पुर्‍याउने चुतौती रहेको बताए। सरसफाईको क्षेत्रमा निर्धारित लक्ष्य हासिल गर्न अथक प्रयास गर्न आवश्यक रहेको पनि उनको भनाइ थियो। 

Logo