काठमाडौं विश्वको सबैभन्दा प्रदुषित शहरको सूचिमा परेकोप्रति एमाले अध्यक्ष ओलीद्वारा चिन्ता व्यक्त

काठमाडौं विश्वको सबैभन्दा प्रदुषित शहरको सूचिमा परेकोप्रति एमाले अध्यक्ष ओलीद्वारा चिन्ता व्यक्त


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं विश्वका प्रदुषित शहरको सूचीको पहिलो नम्बरमा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल फेसबुक मार्फत उनले ५० लाख भन्दा बढी मानिस बस्ने काठमाडौं विश्वका प्रदुषित शहरको सूचीको पहिलो नम्बरमा पर्नु स्वास्थ्यको दृष्टिकोणले चिन्ताको विषय भएको भन्दै यस विषयमा चिन्तन गर्नु आवश्यक भएको बताएका हुन्।
 
उनले लेखेका छन्,‘हिजो ट्वीटर स्क्रोल गर्दै जाँदा ‘वर्ल्ड अफ स्टाटस’ भन्ने ट्वीटर ह्यान्डलबाट आएको एउटा ट्वीटमा आँखा अडिए। त्यसमा विश्वका प्रदुषित शहरको सूचीको पहिलो नम्बरमा हाम्रो काठमाडौंको नाम थियो। ५० लाख भन्दा बढी मानिस बस्ने यस शहरका लागि स्वास्थ्यको दृष्टिकोणबाट यो चिन्ताको विषय हो।

तर यस विषयमा चिन्ता भन्दा बढी चिन्तन गर्नु आवश्यक छ।’ यस्तै उनले यस विषयमा महानगरपालिकाका प्रमुख र उपप्रमुखले केही योजना बनाएको होला भन्दै यसमा प्रदेश र संघ सरकारहरुको पनि भूमिका आवश्यक भएको बताए। 
 
‘काठमाडौं महानगर पालिकाका प्रमुख, उपप्रमुखले पनि काठमाडौंलाई यसबाट बचाउन पक्कै केही गर्दै हुनुहुन्छ।’ उनले भनेका छन् ‘यसमा प्रदेश र संघ सरकारहरुको पनि भूमिका आवश्यक छ। यसको लागि हामी सबै मिली यो वा त्यो नभनी तत्काल कदम चालौँ। हामी सबैले घर भित्र वा बाहिर वातावरणलाई जीवन्त राख्न आ–आफ्नो ठाउँबाट जस्तो सकिन्छ त्यस्तो भूमिका खेलौँ। प्रदुषणबाट बच्न घर बाहिर निस्कँदा मास्क अनिवार्य लगाऔँ।’

Logo