भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले भूमिहीन सुकुम्बासीलाई लालपूर्जा हस्तान्तरण गर्ने काम सुरु भएको बताएकी छन् ।
आज मंगलवार प्रतिनिधि सभा बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री श्रेष्ठले भूमिहिनहरुसँग परामर्श लिएर जग्गादर्ता गर्ने र लालपूर्जा हस्तान्तरण गर्ने कार्य अगाडि बढेको बताएकी हुन् । ‘भूमिहीनसँग जग्गा दर्ता गर्ने र हस्तान्तरण गर्ने विषयसँग सम्बन्धित भूमि आयोगमा छलफल चलिरहेको छ ।’ उनले भनिन्, ‘विभिन्न जिल्लाहरुमा गएर भूमिहीन, दलित भूमिहीन सुकुम्बासीसँग परामर्श लिएर जग्गादर्ता गरेर लालपूर्जा हस्तान्तरण गर्ने कार्य अगाडि बढाईरहेका छौँ । ’
सांसद विना लामाले उठाएको प्रश्नको जवाफ दिँदै उनले वास्तविक सुकुम्बासीलाई पहिचानगर्ने र जग्गादर्ता गराउने कार्य अगाडी बढाउने काम भएको बताइन् । उनले भनिन्, ‘गुठि व्यवस्थापन र सुकुम्बासीको विषयमा हामीले मन्त्रालयमा वास्तविक सुकुम्बासीलाई पहिचानगर्ने कार्यतिर हामीला गेका छौ र यसकालागि अगाडी बढिरहेका छाैँ ।’
सांसद सरस्वती सुब्बाले जग्गा कित्ताकाटबारे सोधेको प्रश्नमा उनले जग्गाको लालपूर्जा वितरण कार्य अगाडी बढेको उल्लेख गर्दै कित्ता काट र भू-उपयोगको नीति नहुँदा खेतीयोग्य जमिन सुरक्षित नभएको हुदाँकृषि योग्य जमिन छुट्याएर कित्ताकाट गर्ने गरी तयारी गरिएको बताइन् ।
प्रतिक्रिया