रामानन्द सागरकाे ‘रामायण’ टेलसिरियल पुन: टिभीमा हेर्न पाइने

रामानन्द सागरकाे ‘रामायण’ टेलसिरियल पुन: टिभीमा हेर्न पाइने


रामायणमा आधारित फिल्म ‘आदिपुरुष’ लाई लिएर देशभर विवाद चर्किएको छ। प्रभास, कृति सेननको फिल्म रिलिज भएको १२ दिन बितिसक्दा पनि जनताको मनमा रहेको आक्रोश शान्त हुने नाम लिइरहेको छैन। ओम राउत निर्देशित यो मेगा बजेट फिल्म विवादमा फसेको बेला ‘रामायण’का फ्यानहरुका लागि एउटा खुसीको खबर आएको छ।

सन् १९८० को दशकको चर्चित टिभी सिरियल ‘रामायण’ फेरि टेलिकास्ट हुने भएको छ। रामानन्द सागरले बनाएको यो सिरियल कहिले, कहाँ र कुन समयमा प्रशारण हुने हो ? यो जानकारी राखौं।  अरुण गोभिल, दीपिका चिखलियाजस्ता स्टार कलाकारलाई लिएर बनेको यो पौराणिक सिरियल ओम राउतले घोषणा गरेको दिनदेखि नै ‘आदिपुरुष’सँग तुलना भइरहेको थियो। लकडाउनमा पुनः रामकथाबारे जनतालाई सचेत गराएपछि रामानन्द सागरद्वारा रचना गरिएको ‘रामायण’ फेरि एकपटक टिभीमा फर्किएको छ।

वास्तवमा च्यानल शेमारू टिभीले सुपरहिट शो रामायणको प्रोमो इन्स्टाग्राममा सेयर गर्दै लेखेको छ,‘हामी तपाईंहरू सबै प्रिय दर्शकहरूका लागि विश्व प्रसिद्ध पौराणिक धारावाहिक रामायण ल्याइरहेका छौँ, ३ जुलाई बाट रामायण साँझ ७ः ३० बजे मात्र हेर्नुहोस्। आफ्नो मनपर्ने च्यानल शेमारु टिभीमा।

यो पौराणिक सिरियल शेमारु टिभी च्यानलमा जुलाई ३ गतेवाट साँझ ७ः३० बजे प्रशारण हुनेछ। रामानन्द सागर निर्देशित रामायण १९८० को दशकमा लोकप्रिय सिरियल थियो। सिरिजमा रामको भूमिकामा अरुण गोभिल, सीताको भूमिकामा दीपिका चिखलिया र लक्ष्मणको भूमिकामा सुनिल लाहिरीले अभिनय गरेका छन्।

यसमा स्वर्गीय दारा सिंहले हनुमानको भूमिका निभाएका थिए भने अरविन्द त्रिवेदीले रावणको भूमिका निर्वाह गरेका थिए।यो सिरयल सुरुमा २५ जनवरी १९८७ देखी ३१ जुलाई १९८८ सम्म प्रसारित भएको थियो र दर्शकहरूको ठूलो माया प्राप्त भयो।

Logo