सामुदायिक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सामुदायिक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


सामुदायिक लघुवित्तको १५ प्रतिशत लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन रहेकाे छ। २२ असारमा वार्षिक साधारणसभा बोलाएको कम्पनीले बिहीबार बुक क्लोज गर्दै छ। तसर्थ, बुधबारसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश र सभामा सहभागि हुन पाउनेछन्।

सभामा गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र करसहित ५% नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ। यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन,नाफा–नोक्सान हिसाव तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ। 

अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेका सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिइने भएको छ। सभा मार्फत संस्थापक समूहको सेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालकहरुको नियुक्ति अनुमोदन पनि गरिने छ।

Skip This
Logo