विधेयक निर्माणका काम प्राथमिकतामा राख्न सांसद सापकोटाको आग्रह

विधेयक निर्माणका काम प्राथमिकतामा राख्न सांसद सापकोटाको आग्रह


सांसद माधव सापकोटाले सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक निर्माणको काम सम्पन्न गर्न आग्रह गरेका छन् । 

प्रतिनिधि सभाको बुधवारको बैठकमा सांसद सापकोटाले यही संसद अधिवेशनबाटै विधेयक पास गरेर यो काम सम्पन्न गर्न माग गरे । ‘विनियोजन विधेयकको प्रकृया सम्पन्न भए लगतै सरकारले वेपत्ता पारिएको व्यक्तिको छानसविनको लागि सत्य निरुपण तथा मेलमिलाप आयोगको विधेयक टेवल गरिसकेको छ । हामी अर्को अधिवेशन नकुरेर यो कामलाई पुरा गरौं । यो ज्यादै संवेदनशिल र महत्वपूर्ण जिम्मेवारी हो ।’ उनले भने ।

त्यस्तै सांसद सापकोटाले संघीयता कार्यान्वयनका आधारभूत काम सम्पन्न गर्न पनि उनले सदनको ध्यानाकर्षण गराएका छन् । उनले भने ‘संघीयता कार्यन्वयनका मुख्य सवालहरु संघीय निजामति कर्मचारी सेवा ऐन ,संघीय शिक्षा ऐन संघीय समायोजन ऐनहरु  जस्ता महत्वपूर्ण ऐनहरुलाई अर्को अधिवेशन नकुरिकन सम्बन्धित पक्ष र मन्त्रालयहरु र सरकारले सदनमा टेवुल गरोस । हामी छलफल गर्न तयार छौं । यो विषय टुङगोमा पुगोस ।’

Logo