एमालेलाई प्रधानमन्त्रीको जवाफ- विकासको तुफान आएको छैन, तर आउनेवाला छ

एमालेलाई प्रधानमन्त्रीको जवाफ- विकासको तुफान आएको छैन, तर आउनेवाला छ


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा चाँडै विकासको तुफान आउन सक्ने तर्क गरेका छन् । 

एमाले सांसद पदम गिरीले प्रतिनिधि सभामा देश विकासबारे उठाएको प्रश्नमा व्यङ्ग्यात्मक जवाफ दिएका प्रधानमन्त्रीले भने- ‘पदम गिरीले देशमा विकासको तुफान नै आएको जसरी प्रस्तृत हुनु भयो । मैले तुफान आएको भने कै हैन । मैले हामी सबैले दृढताका साथ सुशान र विकासको लागि काम गर्ने हो भने असम्भव छैन भन्न खोजेको हो ।’ 

निराशा र कुण्ठाको राजनीति नगर्न सचेत गराएका प्रधानमन्त्री प्रचण्डले विश्वास र दृढतापूर्वक काम गर्ने हो भने देशमा चाँडै विकासको मुल फुट्ने दाबी गरे । उनले भने ‘मैले निरासा र कुण्डा हैन अविश्वास र आशंका हैन विश्वास र दृढताको लागि अपिल गरेको हो तुपान आईसकेको छैन्। तर अहिले जसरी काम सुरु भएको छ । त्रिदेशिय साँझेदारी १० वर्षमा १० हजार मेगावट या अरु कामहरु जसरी सुरु भएका छन् । यसरी जाने हो भने तुफान आउन चाहीँ सक्छ नेपालमा छिटै । ’ 

योजना आयोगलाई अझै प्रभावकारी बनाउन राजनीतिक तहमा पनि सरकारमा पनि नयाँ छलफल सुरु गरेको प्रधानमन्त्रीको भनाई छ  । 

Logo