आर्थिक विधेयकमाथि छलफल नै औचित्यहीन छः सांसद कार्की

आर्थिक विधेयकमाथि छलफल नै औचित्यहीन छः सांसद कार्की


प्रतिनिधि सभा सांसद तोसिमा कार्कीले बजेटमाथिको छलफल नै निरर्थक भएको जिकिर गरेकी छन् । 

आर्थिक विधेयक २०८० माथिको छलफलमा सांसद कार्कीले भनिन्, ‘वास्तवमा भन्नु पर्दा यो संसदमा एउटा नयाँ सांसद, नयाँ पुस्ता भएर प्रतिनिधित्व गरिरहेको छु तर मैले यो छलफलको औचित्य नै देखेको छैन । भर्खरै विनियोजन विधेयक बहुमतले पारित भयो । हामी सिद्धान्तको छलफल गर्दै गर्दा यो गरिमामय संसदको सिद्धान्त गरिमा जोगाउने किसिमको सिद्धान्त हामीसंग छ की छैन् ? नैतिकता छ की छैन ? ईमान्दारिताको सिद्धान्तमा नबनेको विधेयकलाई जनताले कसरी अपनत्व गर्न सक्छन् ?’

त्यस्तै, सांसद माधव सापकोटाले कर प्रणाली नै अवैधानीक रहेको दाबी गरे । हरेक वर्ष बजेटको प्रस्तुत हुदाँ सुधारको कुरा गर्ने तर पछि सोही नियती दोहोरिने गरेको उनको भनाई छ । उनले भने ‘बजेट प्रणालीमै सुधार गर्छौँ भनेर प्रधानमन्त्री र अर्थमन्त्री भनिरहनु भएको छ। अहिले त हामी तातो बहस गरेको छौं । विस्तारै यो विर्सदैँ जाने र अर्को साल फेरी यहि नियती दोहोरिन पर्ने कुरा जोगिनु पर्छ । हाम्रो कर प्रणली अवैधानिक छ ।’

Logo