माल्दिभ्सलाई हराउँदै लेबनान समूह विजेता

माल्दिभ्सलाई हराउँदै लेबनान समूह विजेता


आमन्त्रित टोली लेबनानले भारतमा जारी साफ च्याम्पियनसिप फुटबलमा लगातार तेस्रो जित निकालेको छ। बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा बुधबार माल्दिभ्सलाई १-० गोल अन्तरले हराउँदै लेबनानले लगातार तेस्रो जित निकालेको हो।

लेबनानको जितमा हसन माटुकले निर्णायक गोल गरे। उनले खेलको २३ औं मिनेटमा गोल गरेका थिए। जितसँगै लेबनानले ३ खेलमा ९ अंक जोडेको छ।समूह 'बी' मा रहेको लेबनान समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ। अब लेबनानले सेमिफाइनलमा भारतसँग खेल्नेछ। 

Logo