फ्रान्समा युवकको हत्यापछि दंगा, ४० गाडीमा आगजनी

फ्रान्समा युवकको हत्यापछि दंगा, ४० गाडीमा आगजनी


फ्रान्सको राजधानी पेरिसको उपनगरीय क्षेत्र नान्तेरेमा एक १७ वर्षीय युवकलाई प्रहरीले अनियमित रूपमा गाडी चलाएको आरोपमा गोली हानेर हत्या गरेको छ। सो घटनालाइ लिएर त्यसपछि यहाँ दंगा भड्किएको छ।

जुन दंगाका कारण ४० सवारी साधनमा आगजनी भएको छ भने २० जना घाइते भएका छन्।केही रिपोर्टका अनुसार ती युवक एक अरब देशको मूल निवासी थियो। उनीसँग ड्राइभिङ लाइसेन्स थिएन र प्रहरीले रोकेपछि उनले भाग्ने प्रयास गरेका थिए।

दुई पुलिस अधिकारीहरूले नान्तेरेको सडकमा पहेंलो कार रोके। यसको ड्राइभिङ सिटमा व्यक्तिसँग अन्तरक्रिया गरियो। यसै क्रममा केही बहस पनि भयो। एक प्रहरी अधिकृतले पेस्तोल निकालेर चालकको टाउकोमा गोली हाने। चालकले कारलाई तीव्रता दिएका थिए, जुन केही टाढा गएपछि दुर्घटनामा परेको थियो। चालकको घटनास्थलमै मृत्यु भएको थियो। 

केही मिडिया रिपोर्टहरूले कार चालक १८ वर्षका थिए तर उनीसँग ड्राइभिङ लाइसेन्स थिएन  केही अन्य मिडिया रिपोर्टका अनुसार प्रहरीले लामो दूरीसम्म यो कारलाई पछ्यायो र साँघुरो बाटोमा रोक्यो। रोकेपछि अधिकारीले गोली हानेपछि उनी भाग्न खोजेका थिए।

गोली लागेपछि पनि भाग्न खोजे र करिब २०० मिटर टाढा गएपछि कार पर्खालमा ठोक्किएर दुर्घटनामा परेको थियो। ३८ वर्षीय प्रहरी अधिकृतलाई निलम्बन गरेपछि उनलाई पनि पक्राउ गरिएको थियो। राष्ट्रपति इमानुएल म्याक्रोनले घटनाप्रति दुःख व्यक्त गरेका छन्।

घटनाको भिडियो भाइरल भएपछि आक्रोशित जनता सडकमा उत्रिएका छन्। उनीहरुले करिब ४० गाडीमा आगजनी गरेका छन्। अन्य केही सामानमा आगो लगाएको भिडियो पनि बाहिर आएको छ। 

Logo