गायिका राउत चार दिन प्रहरी हिरासतमै रहने (भिडियोसहित)

काठमाडौं ।

गायिका आस्था राउतलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राउतलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई आज अनुमति दिएको हो ।

राउत आज बिहान परिवारसहित प्रहरी सम्पर्कमा आएकी थिइन् । आइतबार सिक्किमबाट नेपाल आएकी उनी अभिभावकका साथ आज विहान प्रहरी कार्यालय पुगेकी हुन् । माघ ५ गते पक्राउपूर्जी जारी गरेपनि अभिभावकका साथ आएमा पक्राउ नगरिने प्रहरीले जनाएको थियो ।

गत माघ १ गते त्रिभुवन विमानस्थलबाट भद्रपुर जाने क्रममा ड्युटीमा खटिएका प्रहरीसँग भनाभन भएपछि गायिका राउत विवादमा आएकी थिइन् । उनले प्रहरीसँग झगडा गरिरहेको सिसिटिभी फुटेज पनि सार्वजनिक भएको छ ।  हेरौं भिडियो :

सम्बन्धित समाचारहरु